कास्कीको अन्नपुर्ण गाउँपालिकामा एमालेका विष्णु केसीको विजयी

-


     क्लिक गण्डकी     
     जेठ ३ गते २०७९ मा प्रकाशित


विष्णु केसी

विष्णु केसी

पोखरा, ३ जेठ/ कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली काग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतल पछि पार्दै विजयी भएका हुन् ।

केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका उमेद्वार युवराज कुवँरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । त्यसै गरी उपाध्यक्षमा नेकपा एमालकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् ।

नेपाली काग्रेसकी खीमकुमारी गुरुङले ६ हजार ० सय १४ मत प्राप्त गरीन् । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।



Tags: ,