
धनराज आचार्य
पोखरा, २ जेठ/ पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बताउदै गएका छन् ।
सोमबार राती १० बजेसम्मको मतगणनामा आचार्यले ६ हजार २ सय ४० मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण थापाले ५ हजार ४ सय ३८ मत पाएका छन् । आचार्य ८ सय २ मतले अगाडी छन् ।
तेस्रो नम्बरमा राप्रपाका शंकर पोखरेले ६ सय ६८ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार खड्कप्रसाद पौडेल (गनेस) ले ३५३ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ६ हजार २ सय ८३ र एमालेकी मञ्जु गुरुङले ६ हजार २ सय ४ मत पाएकी छन् । रानाभाट ७९ मतले अगाडी छन् ।
अहिलेसम्म पोखरा वडा नम्बर १, २, ३, ४, १२, १३, २३, २४ र २५ को गरी १५ हजार १ सय ५० मतगणना भएको छ ।