पोखरा महानगरमा १४४४३ गणनामा मेयरमा आचार्य र उपमेयरमा कोपिला अगाडी

-


     क्लिक गण्डकी     
     जेठ २ गते २०७९ मा प्रकाशित


पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ६ हजार मतको ल्याएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२, १३ २३, २४ र २५ को १४ हजार ४ सय ४३ मतगणनामा आचार्यले ८ सय १२ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ६ सय ६८ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश ३ सय ३३ मत ल्याए ।

उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ६ हजार ७७ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले ५ हजार ९ सय ७१ मत प्राप्त गरेकी छन् । कोपिलाले अहिले फेरी लिड गरेकी छन् ।

कोपिलाले मन्जुको भन्दा १ सय ६ मतले पछि पारेकी हुन् । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।



Tags: , ,