पोखरा महानगरमा ११५९३ गणनामा मेयर र उपमेयरमा कस्को कति मत

-


     क्लिक गण्डकी     
     जेठ २ गते २०७९ मा प्रकाशित


पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मतको ल्याएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ४ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ४ सय ४१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश २ सय २ मत ल्याए ।

उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ५ हजार ६४ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले ५ हजार १ सय १० मत प्राप्त गरेकी छन् । मन्जुले कोपिलालाई पछि पारेकी छन् ।

कोपिलाको भन्दा मन्जुले ४६ मतले पछि पारेकी हुन् । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।



Tags: , ,