पोखरा महानगरमा ९२४१ गणनामा मेयरमा धनराज अघि थापा पछि, उपमेयरमा मञ्जुको अग्रता

-


     क्लिक गण्डकी     
     जेठ २ गते २०७९ मा प्रकाशित


कृष्ण थापा, मञ्जुदेवी गुरुङ

कृष्ण थापा, मञ्जुदेवी गुरुङ

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ३ हजार ६ सय ६२ मतको ल्याएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ९ हजार २ सय ४१ मतगणनामा आचार्यले २ सय १३ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले ३ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ३ सय ८१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश १ सय १८ मत ल्याए ।

उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ३ हजार ६ सय ६७ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले ३ हजार ७ सय ७२ मत प्राप्त गरेकी छन् । मन्जुले कोपिलालाई पछि पारेकी छन् ।

कोपिलाको भन्दा मन्जुले १ सय ५ मतले पछि पारेकी हुन् । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।



Tags: , ,