पोखरा, २ जेठ/ पोखरा महानगरपालिकामा २ मा वडाध्यक्षमा कांग्रेसका दिवसमान प्रधानाङ्ग प्यानल सहित निर्वाचित भएका छन् ।
एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले हराएर कांग्रेसका प्रधानाङ्ग वडाध्यक्ष चुनिएका हुन् । प्रधानाङ्गले ९ सय ३९ र शाहले ६ सय ६१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखराले जनाएको छ ।
पोखराका ३३ वडामध्ये मतपरिणाम सार्वजनिक भएको यो पहिलो वडा हो । पोखरा २ को खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भिमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् ।
वडाध्यक्षमा राप्रपाका अरुणविक्रम राणाले ८७, नेकपा माओवादी केन्द्रकी अन्जु विश्वकर्माले २५ र जसपाका जीवन खातीले ७ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । पोखरा २ मा २ हजार ५९३ मतदाता रहेकोमा १ हजार ८२० मत खसेको थियो ।