कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित

-


     क्लिक गण्डकी     
     जेठ २ गते २०७९ मा प्रकाशित


मिनबहादुर गुरुङ र सिता अधिकारी

मिनबहादुर गुरुङ र सिता अधिकारी

पोखरा, २ जेठ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतपरिणाम अनुसार गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् ।

कांग्रेसका मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरिन् ।

माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले ७ वटा वडामा विजयी भएको छ । जसमध्य वडा नम्वर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिचन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी, ५ मा नारदप्रसाद पौडेल, ८ मा राम गुरुङ र ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै वडा नम्वर ६ मा नेकपा एमालेका टेकनाथ गौतम र ७ मा नेकपा माओवादी केन्द्रका बैकुण्ठ प्रसाद भण्डारी निर्वाचित भएका छन् ।



Tags: , , ,