
धनराज आचार्य
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पपछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ ।
पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३ को ३ हजार ६ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ४ सय ४ मत प्राप्त गरेका छन् ।
एमाले कृष्ण थापाले १ हजार ३ सय २४ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले १ सय ९३, स्वतन्त्र गनेश पौडेलले ७३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ हजार ३ सय ८६ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले १ हजार ३ सय ६३ मत प्राप्त गरेकी छन् ।