पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, १ जेठ/ पोखरा महानगरपाकिला वडा नम्बर २४ र २५ मतगणना शुरु भएको छ । केही अगाडीबाट यी दुई वडाको गणना शुरुभएको हो । पोखरा महानगरपाकिला वडा नम्बर १, २, १२, २३ को गणना जारी छ ।
अहिले सम्म पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय ७६ मत प्राप्त गरेका छन् ।
एमाले कृष्ण थापाले १ हजार १ सय १४ मत प्राप्त गरेका छन् । थापा आचार्य भन्दा ६२ मतले पछि छन् । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र गनेश पौडेलले ६५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले १ हजार २५ मत प्राप्त गरेकी छन् ।