
निर्वाचन चुनाब
पोखरा, ३१ बैशाख/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेद्वार अगाडी परेका छन् । अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङले १ हजार ९ सय ८९ मत पाएका छन् भने बिक्रम गुरुङले १ हजार ७ सय ७७ मत पाए ।
उपाध्यक्षमा सीता अधिकारीले १ हजार ८ सय ३४ मत पाउँदा एमालेकी सीता तिवारीले १ हजार ७ सय २ मत पाएकी छिन् । यो पालिकाको वडा नम्बर १, २ र ३ मा कांग्रेसकै प्यानल विजयी भएका छन् ।