कास्की चुनावको मौन अवधिभर मदिरा बिक्री वितरणमा रोक

-


     क्लिक गण्डकी     
     वैशाख २४ गते २०७९ मा प्रकाशित


जिल्ला प्रशासन कार्यालय कास्की

पोखरा, २४ बैशाख/ जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्रि वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिनाजन्य सामग्रीहरुको विक्रिवितरण पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रशासख कार्यालय कास्कीले पोखराका पर्यटन व्यवसायी सगँको छलफलपछि बैशाख २७ गते राती १२ बजे पछि मौन अवधिभर मदिना विक्रिवितरण पूर्ण रुपमा बन्द गरेर मात्रै व्यासाय सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

रात्रीकालिन व्यवसायलाई बैशाख २५ देखी २८ गते सम्म राति ११ बजेसम्म सञ्चालन गर्ने, २९ गते ८ बजेसम्म मात्र सञ्चालन गर्ने, बैशाख ३० गते निर्वाचनका दिन पूर्ण रुपमा बन्द गरेर गर्ने र बैशाख ३१ गते देखी जेठ १० गते सम्म राति ११ बजे सम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको उल्लेख छ ।



Tags: , , ,

This will close in 10 seconds