
नेकपा एमाले
पोखरा, १० बैशाख / नेकपा एमालेले गण्डकी प्रदेशका २९ बटा पालिकामा प्रमुख र २० वटा पालिकामा उपप्रमुखहरूको नाम टुंग्याएको छ । एमालले मनाङ र मुस्ताङका सबै गाउँ पालिकामा उमेद्वार तय गरेको छ ।
गण्डकीमा एमालेले बागलुङका ५, म्याग्दीका ४, स्याङजाका ३, गोरखाका २, नवलपुरका २, कास्कीमा १, लमजुङको १, तनहुँको १ र पर्वतको एक पालिकाको उमेद्वार तय गर्दै टिकटको टुंगो लगाएको प्रदेश कमिटीले जनाएको छ। बाँकी पालिकाको टिकटका लागि पनि छलफल चलिरहेको छ ।
कुन पालिकामा कुन उमेद्वार
मुस्ताङ
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिन्जिन गुरुङ र दिकी गुरुङ
लो घेकर दामोदर कुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङ
लोमान्थाङ गाउँपालिकामा टसीनुर्बु गुरुङ र छिमि विष्ट
थासाङ गाउँपालिकामा प्रदीप गौचन र सुमिता शेर्पा
घरपझोङ गाउँपालिकामा सन्जयकुमार थकाली र मिमकुमारी शेरचन
मनाङ
मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घले छिरिङ र धावा गुरुङ
चामे गाउँपालिकामा लोकेन्द्र घले र आशकुमारी गुरुङ
नासों गाउँपालिकामा मनबहादुर गुरुङ र अर्विन गुरुङ
नार्पाभूमि गाउँपालिकामा ज्याप्ले गुरुङ
कास्की
रूपा गाउँपालिकामा नवराज ओझा र लालसुब्बा गुरुङ
गोरखा
अजिरकोट गाउँपालिकामा शेखरनाथ न्यौपाने
चुमनुब्री गाउँपालिकामा सुकबहादुर गुरुङ र सानु गुरुङ
लमजुङ
क्होंलासोंथर गाउँपालिकामा सूर्यप्रसाद गुरुङ
तनहुँ
आँबूखैरेनी गाउँपालिकामा ऋषि केसी
स्याङजा
आँधिखोला गाउँपालिकामा विश्व पौडेल र सीता थापा
वालिङ नगरपालिकामा कृष्णबहादुर खाँड र खगीसरा थापा मगर
हरिनाश गाउँपालिकामा खीमनारायण मानन्धर
म्याग्दी
अन्नपूर्ण गाउँपालिकामा भरतकुमार पुन र दिवाकुमारी तिलिजा
रघुगंगा गाउँपालिकामा प्रेमबहादुर कार्की र यामकुमारी गर्वुजा
मालिका गाउँपालिकामा वेगप्रसाद गर्वुजा
मंगला गाउँपालिकामा सतप्रसाद रोका
पर्वत
पैयूँ गाउँपालिकामा महेन्द्र श्रेष्ठ र यमकुमारी राना
बागलुङ
तमानखोला गाउँपालिकामा देवेन्द्र छन्त्याल र टेकमति विक
ढोरपाटन नगरपालिकामा देवबहादुर नेपाली
ताराखोला गाउँपालिकामा ऋषिराम रोका र थममाया घर्ती
गलकोट नगरपालिकामा पूर्ण काउछा र रुपा विक
जैमिनी नगरपालिकामा लिला राना यमुना शर्मा
नवलपुर
हुप्सेकोट गाउँपालिकामा चेतन राना र मनी पाण्डे
मध्येविन्दु नगरपालिकामा भीमलाल अधिकारी