पोखरा महानगरपालिकामा काँग्रेसबाट मेयर १८ र उपमेयर १० जनाले उमेद्वारी

-


     क्लिक गण्डकी     
     वैशाख ४ गते २०७९ मा प्रकाशित


नेपाली कांग्रेस

नेपाली कांग्रेस

पोखरा, ४ चैत/ नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न चाहनेले उमेद्वारी दिएको छ । पोखरा महानगरमा पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा १० जनाको उमेद्वारी परेको नेपाली काँग्रेस पोखरा महानगर समितिका सचिब गणेश थापाले जानकारी दिए ।

मयेरका लागि गंगाधर पराजुली, सुदिप मोहन भट्टराई, डा. मरमेश्वर पोख्ररेल, निर्मल प्रसाद कर्मचार्य, कृष्ण बहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्द प्रसाद तिवारी, विरेन्द्रनारायण विजुक्छे, विश्व शंकर पालिखे, किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, ऋषि सापकोटा र गणशे भट्टराई रहेका छन् । विन्दुकुमार थापा गण्डकी प्रदेशका मन्त्री हुन् ।

त्यसै गरी माया बराल कार्की, लक्ष्मी पाण्डे जिसी, आनन्दी राणा कार्की, रंगिला आचार्य, टिकाकुमारी गुरुङ, दिपक मल्ल, चिनु गुरुङ र मिलन थापाले उमेद्वारी दिएको थापाले बताए । महानगर समितिको सचिवालयले शनिबार सुचना जारी गर्दै नाम दर्ता गराउन आह्वान गरेको थियो ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सुचना जारी गरेको थियो ।

गठनबन्धनमा पोखरासहित देशका ६ महानगरपालिकामा कसको भागमा पर्ने निर्णय भई नसकेपनि कांग्रेसले भने पोखरा महानगरपालिकाको मेयरका उमेद्वार छनौट आगडी बढाएको छ । पोखरा महानगरमा मेयर उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्दै कास्की कांग्रेसको टोलीले केही दिन अगाडी काग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको थियो ।



Tags: