#स्याङ्जा

स्याङ्जामा ८५ प्रतिशत धान रोपाइँ

स्याङ्जामा ८५ प्रतिशत धान रोपाइँ
स्याङ्जा, १४ साउन/ स्याङ्जामा हालसम्म ८५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल १४ हजार ३९० क्षेत्रफलको ८५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । जिल्लाको उत्तरी भेगमा धान रोपाइँ सकिनै लाग्दा दक्षिण भेगमा रोपाइँ बाँकी नै छ । जिल्लाका ११ पालिका मध्ये फेदीखोला र अर्जुनचौपारीमा ९८, आँधीखोला गाउँपालिकामा ९७, पुतलीबजार नगरपालिकामा ९५, भीरकोट नगरपालिका र हरिनास गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ सकिएको छ । वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा ८०÷८० र… पुरा पढौ

स्याङ्जाका पालिकाको १५ करोड बढी बेरुजु

स्याङ्जाका पालिकाको १५ करोड बढी बेरुजु
स्याङ्जा, १४ जेठ/ महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार स्याङ्जाका ११ वटै स्थानीय तहको १५ करोड भन्दा बढी बजेट बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा पालिकाहरुको १५ करोड ३२ लाख ६२ हजार बजेट बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७९/८० को कुल बजेट १६ अर्ब ६८ करोड ५७ लाख ६२ हजारको कार्यालयले गरेको लेखापरीक्षणमा जम्मा ० दशमलब ९२ प्रतिशतले हुन आउने बजेट बेरुजु देखिएको छ । बेरुजु मध्ये ५ नगरपालिकाको ११ करोड ८ लाख… पुरा पढौ

स्याङ्गजामा एक जनामा हैजा देखियो

स्याङ्गजामा एक जनामा हैजा देखियो
पोखरा, २१ साउन/ स्याङ्गजामा एक जनामा हैजा देखिएको छ । स्याङजाको पुतलीबजार ३ बस्ने ५१ वर्षीय पुरुषमा हैजा देखिएको स्वास्थ्य कार्यालय स्याङ्गजाका प्रमुख बसुन्धरा शर्माले दिए । झाडापखालाको लक्षण देखिएपछि स्याङ्जा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा हैजा पोजेटिभ देखिएको थियो ।संक्रमित बिरामी साउन २० गते न्यूरोको साग खाएका थिए । उनलाई धेरै पटक दिसा लागे पछि स्वास्थ्य परीक्षणका लागि गएका थिए । स्वास्थ्य कार्यालयले परिवारका अन्य सदस्यहरुलाई ट्रेसिङमा राख्ने उनीहरुको स्वास्थ्य परिक्षण गर्ने शर्माले बताए । त्यसै गरी त्यस क्षेत्रको… पुरा पढौ