#सौगात थापा

पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा नियुक्त

सौगात थापा
पोखरा, १० भदौ/ पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा नियुक्त भएका छन् । अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएको पोखरा ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले जानकारी दिए । सौगातलाई पोखरा ट्रेडमलको नियमावलीको परिक्षण ४ को दफा २८ को उपदफा ४ बमोजिम बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको हो । सौगात पछिल्लो समय व्यवसायमा सक्रिय छन् । सौगात पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् । पोखरा ट्रेडमललाई अझ व्यवस्थित बनाउँदै लैजाने सोच उनको… पुरा पढौ

पोउवा संघले आयोजनागर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई

पोउवा संघले आयोजनागर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई
पोखरा, २ जेठ/ पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ । संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी/व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई सुझाव प्रदान गर्ने महासचिव बलराम आचार्यले जानकारी दिए । उपसमितिको लागि आवश्यक सदस्य छान्ने जिम्मेवारी थापालाई नै प्रदान गरिएको छ । थापाले आउँदो असारको अन्तिमसम्म… पुरा पढौ