#सहारा क्लब

सहाराको देउसीभैलोबाट १२ लाख संकलन

सहाराको देउसीभैलोबाट १२ लाख संकलन
पोखरा, २९ कात्तिक/ सहारा क्लब पोखराले तिहार अवसरमा आयोजना गरेको देउसी भैलोबाट १२ लाख रुपैयाँ स्ंकलन गरेको छ । सहाराले स्थापनाकाल देखि नै नियमित रुपमा देउसीभैलो खेल्दै आएको छ । ‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा भएको देउसी भैलोबाट १२ लाख ९ हजार ३ सय १५ रुपैयाँ संकलन भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रमका लागि क्लब सहकोषाध्यक्ष अशोक लालचनलाई संयोजक तोकिएको थियो । पोखरा १७, दोबिल्लामा क्लबले… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

आठौँ पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
पोखरा २४ वैशाख/ आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको मञ्चका… पुरा पढौ

सहारा क्लबको अध्यक्षमा केशवराज बराल

केशवराज बराल
पोखरा, ३० भदौ/ सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न १३ औं अधिवेसनले आगामी दुईका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् । त्यसै गरी क्लबको सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल चयन भएका छन् ।… पुरा पढौ

सहारामा देव गुरुङको निरन्तर सहयोग

सहारामा देव गुरुङको निरन्तर सहयोग
पोखरा, २९ जेठ/ सहारा क्लब पोखराद्वारा पोखरा १७, दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा सहयोग प्राप्त भएको छ । सहारा क्लब हङकङका सल्लाहकार कानुन व्यवसायी देव गुरुङले सोमबार एकेडेमी अवलोकन गर्नुका साथै २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । सहारामा नियमित रुपमा सहयोग गर्दै आएका देव गुरुङले एकेडेमी निर्माण, फुटबल ग्राउन्डको चेन्जिङ रुममा गरी हालसम्म करिब ६ लाख उपलब्ध गराइसकेका छन् । क्लबले सञ्चालन गर्ने आहारारा गोल्डकपमा उनले बर्सेनि ५० हजार समेत सहयोग गर्ने गरेको सहारा क्लब… पुरा पढौ