#यति एयरलाइन्स

इन्जिनमा समस्या आएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण

यति एयरलाइन्स
पोखरा, १३ साउन/ पोखराबाट शुक्रबार बिहान ८ः ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइनको जहाजको बायाँ इन्जिनमा समस्या आएको छ । विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी पाएको थिए । जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए । जहाजमा ४५ जना यात्रु थिए । जहाजको काठमाडौंबाट इन्जिनियरहरु आएर समस्या समाधानको पहल गरेका छन् । पुरा पढौ