पोखरा, १२ असार/ गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामामा दिपेश गुरुङ च्याम्पियन बनेका छन् । स्ट्रोङगेष्ट मुवाथाईका अनिष बुढामगरलाई पराजित गर्दै नेपाल मुआथाईका दिपेश गुरुङ ५० केजी तौल समूहको प्रतिस्पर्धामा च्याम्पियन बने । पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामा दिपेशले अनिषलाई अंकको आधारमा पराजित गर्दै च्याम्पियन बने । उनीहरुको फाईटलाई स्पेशल फाईट (मुख्य प्रतिस्पर्धा अथाव मेन इभेण्ट) को रुपमा घोषित गरिएको थियो । अनिष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुल कन्टयक्ट कराँतेका स्वर्ण पदक विजेता खेलाडी समेत हुन् । पछिल्लो समय उनी…
पुरा पढौ