#बालेन शाह

सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की

बालेन शाह
पोखरा, १६ भदौ/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले चोर सरकार भन्दै आक्रोश पोखेका छन् । उनले फेसबुकमा लेखेका छन् आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार । पुरा पढौ

मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
पोखरा, २५ जेठ/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार आफ्नो कार्यकक्षमा ’ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध जनाउदै बालेनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् । मेयर बालेन अहिले भारतको बैंगलुरूमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले बताएको छ । स्रोतका अनुसार मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो । भारतको हालै उद्घाटित नयाँ संसद् भवनमा नेपालको… पुरा पढौ

मेयर बालेनको अर्को भनाई मैले हार मानेको छैन

बालेन शाह
पोखरा, १३ फागुन/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएको केही घण्टापछि मैले हार मानेको छैन भन्दै लेखेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको लेखेका थिए । ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन,’ उनले लेखेका छन् । उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन् । उनले त्यसको केही घण्टामा पछि अटल, अजर, अडिग, निडर । कसैले… पुरा पढौ

मेयर बालेनले भने मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ

बालेन शाह
पोखरा, १३ फागुन/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको लेखेका छन् । ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन,’ उनले लेखेका छन् । उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन् । पुरा पढौ