सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की

-


     क्लिक गण्डकी     
     भाद्र १६ गते २०८० मा प्रकाशित


बालेन शाह

बालेन शाह

पोखरा, १६ भदौ/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले चोर सरकार भन्दै आक्रोश पोखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।



Tags: