#फूलमति राना

१५ सय मिटर दौडमा मुकेश र फूलमतिलाई स्वर्ण

फूलमति राना
पोखरा, २९ असोज / नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् । उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा र अजितले ३ मिनेट ५३.११ सेकेन्डमा दुरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेन्डमा पार गरे । महिलातर्फ एपीएफका फूलमति रानाले स्वर्ण पदक जितेकी छन् । उनले त्रिभुवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी… पुरा पढौ