#फुटसल

हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई

हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
पोखरा, ६ फागुन/ हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की… पुरा पढौ

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
पोखरा, १८ माघ/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन भएको छ । गुरुकुल विद्यासदनले हिसान गण्डकीको दोस्रो सस्करणका च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथलाई १–० गोल अन्तरले हरायो । विद्यासदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे । त्रिवेणीले मदरल्याण्ड सेकेण्डरी स्कुललाई १–० र गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा ८–७ गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेका थिए । तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि… पुरा पढौ

दोस्रो यामबहादुर स्मृति फुटसल माघ ११ मा

दोस्रो यामबहादुर स्मृति फुटसल माघ ११ मा
पोखरा, ५ माघ / खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ए साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो । पोखरा महानगरपालिका वडा नम्बर १८ बाट प्रतिभावान खेलाडीहरुको विकास गर्ने मञ्चको उदेश्य रहेको छ । पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा माघ ११ र १२ गते हुने प्रतियोगितामा ३० भन्दा बढी… पुरा पढौ

पश्चिमाञ्चल माविमा एसईई कप फुटसल सुरु

पश्चिमाञ्चल माविमा एसईई कप फुटसल सुरु
पोखरा, १४ जेठ/ पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा सोमबारदेखि एसइइ कप फुटसल प्रतियोगिता सुरु भएको छ । दुइदिनसम्म चल्ने प्रतियोगिता पोखरा फुटसल एरिनामा सञ्चालन गरिएको छ । प्रतियोगितामा विभिन्न निजी र सामुदायिक गरि २६ वटा विद्यालयका टिम सहभागि छन । विद्यालयका प्राचार्य सरोज कोइरालाले प्रतियोगिताको उद्घाटन गरेका थिए । ‘स्वस्थका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने अभिप्रायले पश्चिमाञ्चल माध्यमिक विद्यालयले यो प्रतियोगिता राखेको छ । कास्की जिल्लाबाट यो वर्ष एसइइमा सहभागि विद्यार्थीबीच आपसी मित्रता तथा सद्भाव बढाउने उद्देश्यले यो प्रतियोगिताले राखेको… पुरा पढौ

खुला फुटसल प्रतियोगितामा च्याम्पियनको उपाधि मेन्टेन एफसीलाई, अमित सर्वोत्कृष्ट खेलाडी

खुला फुटसल प्रतियोगितामा च्याम्पियनको उपाधि मेन्टेन एफसीलाई
पोखरा, ३० असोज/ पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा मंगलबार भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो ।मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान १/१ गोल गरे । च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो । यस्तै… पुरा पढौ

पोखरामा जारी फुटसलमा सबिन मेमोरियल सेमिफाइनल प्रवेश

पोखरामा जारी फुटसलमा सबिन मेमोरियल सेमिफाइनल प्रवेश
पोखरा, २८ असोज / पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगितामा सबिन मेमोरियल सेमिफाइनलमा प्रवेश गरेको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सविनको जितमा अविनाश तामाङले निर्णायक गोल गरे भने, एक गोल फाइटरको तर्फबाट गोल भएको थियो । यता फ्रिडम फाइटरका लागि नविन लामाले सान्त्वना गोल फर्काए । प्रिक्वाटरका ५ खेल सम्पन्न आज… पुरा पढौ

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु, सबिन मेमोरियलको विजयी सुरुवात

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु, सबिन मेमोरियलको विजयी सुरुवात
पोखरा, २७ असोज/ पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ ।राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले बि–१३ बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए । यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई… पुरा पढौ

पोखरामा नेपालकै सर्वाधिक राशीको फुटसल प्रतियोगिता, च्याम्पियनलाई ५ लाख

पोखरामा नेपालकै सर्वाधिक राशीको फुटसल प्रतियोगिता, च्याम्पियनलाई ५ लाख
पोखरा, ३१ भदौ/ पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए । उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए । यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक… पुरा पढौ

हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु, जेसिएको विजयी शुरुवात

हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु, जेसिएको विजयी शुरुवात
पोखरा, ७ फागुन/ पोखरामा शनिबार देखी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको हिसानका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य सचिब रमेश कुमार सिलुवालले उद्घाटन गरे । उद्घाटन खेलमा कास्की मोडनाइसले माउण्ट अन्नपुर्ण मावीलाई १०–२ गोल अन्तरले हरायो । फागुन १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले सहभागीता जनाएका छन् । शनिबार भएको दोस्रो खेलमा जुनियर सिटिजन एकेडेमीले सृजना स्कुललाई ४–३ गोलले हरायो । पहिलो दिनको तेस्रो खेल चिल्डेन लाइफ… पुरा पढौ