#पामे बचत तथा ऋण सहकारी

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई
पोखरा, १९ चैत/ ६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको हो । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, गैरी गाँउ, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो । सहकारीमा सुशासन, प्रविधि र एकिकरण भन्ने मूल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मंगलबार मनाउदै छन् । पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका… पुरा पढौ

वार्षिक साधारणसभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक छ– रजिष्ट्रार वाग्ले

वार्षिक साधारणसभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक छ– रजिष्ट्रार वाग्ले
पोखरा, २८ असोज/ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका निमित्त रजिष्ट्रार चोलाकान्त वाग्लेले वार्षिक साधारण सभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक रहेको बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले वित्तिय अवस्था खराब हुने सहकारीले साधारण सभा समेत गर्न नसकेको बताए । उनले पोखरा केही सहकारीको मात्रै वित्तिय अवस्था खराब रहेको बताए । ठुला भनिएका केही सहकारी कै वित्तिय अवस्था खराब देखीएको बताए । उनले सहकारी नीति प्रविधि र विधिबाट चल्नुपर्ने बताउदै… पुरा पढौ