#नवौं राष्ट्रिय खेलकुद

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापाले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । थापाको यो ह्याट्रिक पदक हो । उनले सातौ, आठौंमा समेत स्वर्ण पदक जितेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे ।… पुरा पढौ

एथलेटिक्समा आर्मीलाई दुई स्वर्ण, कर्णालीलाई पहिलो स्वर्ण

जीवन चौधरी
पोखरा, ३१ असोज / नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्ट मध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ । ११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते । १०० मिटर… पुरा पढौ

जयरानीले जितिन् कीर्तिमान सहित दोश्रो स्वर्ण

जयरानी थारु
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुदमा आर्मी क्लबकी जयरानी थारुले व्यक्तिगत दोश्रो स्वर्ण जितेका छिन् । उनले १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमान सहित स्वर्ण जितेकी थिईन् । आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् । एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डमा दुरी… पुरा पढौ

बक्सिङमा विभागीय टोलीकै हावी

बक्सिङमा विभागीय टोलीकै हावी
पोखरा, ३१ असोज/ बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ । पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् । सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५… पुरा पढौ

कर्णाली प्रदेशका लागि ३ हजार मिटरमा पहिलो स्वर्ण

दुर्गाबहादुर बुढा
पोखरा, ३१ असोज/ कर्णाली प्रदेशका लागि ३ हजार मिटर दौडमा पहिलो स्वर्ण पदक जितेको छ । कर्णालीका लागि दुर्गाबहादुर बुढाले स्वर्ण पदक जितेका हुन् । पुरा पढौ

फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण पदक सहित गण्डकी प्रदेश टिम च्याम्पियन

फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण पदक सहित गण्डकी प्रदेश टिम च्याम्पियन
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन भएको छ । शनिबार र आइतबार भएको खेलमा गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै ४ स्वर्ण पदक सहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले बताए । आइतबार भएको महिला ४० केजी मुनि तौल समुहमा भएको प्रतिष्प्रर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्। उनले सुदुर पश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिइन्।यस अघि शनिबारको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा कायमै (कुनलाई कति पदक )

सन्तोषी श्रेष्ठ
पोखरा, ३१ असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी दवदवा कायमै छ । हालसम्म ८७ स्वर्ण पदकको छिनो फानो हुदाँ नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो स्थानमा विभागी टोली एपिएफले १२ स्वर्ण, १६ रजत र २२ कास्य पदक जितेको छ । त्यसै गरी तेस्रो स्थानमा अर्को विभागी टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदक सहित ३५ पदक जितेको छ । चौथो स्थानमा… पुरा पढौ

पौडीमा दोश्रो दिन पनि नासिर र डुवानाद्वारा राष्ट्रिय कीर्तिमान

नवौं राष्ट्रिय खेलकुदः डुवाना र नासिरद्वारा किर्तिमान सुधार
पोखरा, ३० असोज/ नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोश्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरि दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८ः३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५ः३९ सेकेन्डको र ब्यक्तिगत मिड्लेमा २ मिनट ११ः८५ सेकेन्डको समयमा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा गण्डकी, आर्मी र पुलिसलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा गण्डकी, आर्मी र पुलिसलाई स्वर्ण
पोखरा, ३० असोज / नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेश र आर्मीले २÷२ स्वर्ण जितेको छ । भने, नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको हो । गण्डकीले ५५ र ६५ किलो समुहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समुहमा स्वर्ण हात पारेको हो । भने, पुलिसले ६० किलो तौल समुहमा स्वर्ण जितेको हो । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र… पुरा पढौ

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक/ एक स्वर्ण

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक एक स्वर्ण
पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइतबार भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक/एक स्वर्ण पदक जितेका छन् । पोखराको रानीबनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् । त्यस्तै उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन् । त्यसैगरि १ घण्टा… पुरा पढौ