#दशै

२०८२ सालको दशैं ११ दिन छिटो (कुन कुन पर्व कहिले सहित)

दशै
पोखरा, ९ फागुन /आगामी वर्ष २०८२ सालको बडादशैं अघिल्लो वर्ष भन्दा ११ दिनअघि सरेको छ । दशैं असोज ६ गते घटस्थापना परेको छ । २०८१ सालको घटस्थापना असोज १७ गते थियो । २०८२ साल असोज १३ गते फूलपाती र कालरात्री, १४ गते महाअष्टमी, १५ गते महानवमी र २० गते कोजाग्रत पूर्णिमा परेको छ । २०८१ सालको भन्दा दुई साताअघि तिहार सरेको छ । तिहारको धनतेरस कात्तिक १ गते परेको छ । कातिक २ गते काग तिहार, ३ गते नरक चतुदर्शी,… पुरा पढौ

दशैको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

दशै
काठमाडौं, १६ असोज/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात असोज २८ गते आइतबार हुनेछ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने उनले बताए । त्तिक ७ गते विजयादशमीका… पुरा पढौ

झरीले दशैमा झन्झट्

दशै
पोखरा, १९ असोज/ मंगलबार रातीबाट परेको पानीका कारण झरीले दशैमा भन्झट् भएको छ । वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरूलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त सगँ आशिरवाद लिन जान कठिनाइ भइरहेको छ । पोखरा, काठमाडौँ सहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ… पुरा पढौ