#जनप्रिय बहुमुखी क्याम्पस

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षतामा विजुक्छे विजयी

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षतामा विजुक्छे विजयी
पोखरा, ५ पुस/ पोखराको जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् ।मंगलबार भएको मतदानमा बिजुक्छेले २ सय ६९ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी सोमनाथ बरालले १ सय ४४ मत प्राप्त गरे । त्यसै गरी ध्रुव चालिसे, विजय आचार्य, राजेन्द्र पहारी, नम्रता बराल, गणेशबहादुर अधिकारी, रंगीला आचार्य, शोभामोहन पौडेल, अर्जुन श्रेष्ठ, ईन्द्रप्रसाद पौडेल, कृष्ण तिमिल्सिना र युवराज पराजुली चयन भएका छन् । जनप्रिय विश्वविद्यालय अनुदान आयोगबाट क्युएए मान्यता प्राप्त क्याम्पस हो । पुरा पढौ

जनप्रियलाई विश्वविद्यालय बनाउन चाहान्छुः थापा

जनप्रियलाई विश्वविद्यालय बनाउन चाहान्छुः थापा
पोखरा, २६ मंसिर/ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको क्वालिटीमा शङ्का गर्ने ठाउँ नै छैन् । शैक्षिक गतिविधि अब्बल… पुरा पढौ

जनप्रियमा सहायक क्याम्पस प्रमुखमा मेखराज र रमेश

जनप्रियमा सहायक क्याम्पस प्रमुखमा मेखराज र रमेश
पोखरा, १६ मंसिर/ पोखराको जनप्रिय बहुमुखी क्याम्पसले सहायक क्याम्पस प्रमुखमा मेखराज पौडेल र रमेशबहादुर खड्कालाई नियुक्त गर्दै शुक्रबार पदस्थापना गरेको छ । प्रमुख अतिथि तारा गिरीले खादा र सम्मानार्थ संरक्षक रामप्रसाद बस्ताकोटीले अविर लगाएर क्याम्पस प्रमुखद्वय पौडेल र खड्कालाई कार्यकक्षमा राखी नियुक्तिपत्र दिएर पदस्थापन गराएका थिए । पदस्थापन कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले नवनियुक्त सहायक क्याम्पस प्रमखद्वयलाई शैक्षिक कार्यक्रम सुधारका लागि दत्तचित्तले लाग्न र क्याम्पसलाई सधैं केन्दमा राखेर यसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न आग्रह… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसको प्रमुखमा लोकराज भण्डारी नियुक्त

जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव
पोखरा, २ भदौं/ गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाव दिनु भएको छ । नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहिबार एक समारोहका बिच पदस्थापन गराउदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । विभिन्न क्याम्पसहरु मध्य सामुदायिक क्याम्पस जनप्रियलाई जनताको सर्वसुलभ गुणस्तरिय शिक्षाको केन्द्रको रुपमा नमुना क्याम्पस बनाउन सबै लाग्नुपर्ने मन्त्री बरालले बताउनु भयो । मावि तहको शिक्षाको स्वामित्व पनि प्रदेश सरकारलाई दिनुपर्ने उहाँको भनाई थियो । क्याम्पसको भौतिक पूर्वाधार… पुरा पढौ