काठमाडौं, २६ असार/ मंगलबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर निधन हुने पाइलट कास्कीको रुपा गाउँपालिकाका चेतबहादुर गुरुङ रहेका छन् । मनाङ्ग हेलिकप्टर दुर्घटनामा रुपा गाउँपालिका ६ मोहरिया घर भई ललितपुर भैसेपाटी बस्दै आएका पाइलट चेतबहादुर गुरुङको निधन भएको हो । हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामजुरामा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया…
पुरा पढौ