#मदरल्याण्ड मावि

मदरल्याण्ड माविद्धारा नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी सम्मानीत

सावित्रा भण्डारी
पोखरा, २७ जेठ/ पोखराको मदरल्याण्ड माविले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (सम्बा) लाई नगद सहित सम्मान गरेको छ । भण्डारीलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले नगद २५ हजार, सम्मानपत्र र दोसलाले सम्मानीत गरे । सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा… पुरा पढौ

विश्वविद्यालय तथा कलेजमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई मदरल्याण्डको सम्मान

विश्वविद्यालय तथा कलेजमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई मदरल्याण्डको सम्मान
पोखरा, १९ जेठ/ विद्यार्थीमा रहेको प्रतिभा तथा सिक्ने इच्छाशक्तिलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखराको मदरल्याण्ड माविले शुक्रबार विद्यार्थी सम्मान गर्दै प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिता विद्यालयको शुरु गरेको छ । मदरल्याण्डबाट कक्षा १२ सकेर उच्च शिक्षाका लागि नाम चलेका विदेशी कलेज तथा विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी र अविभावकलाई विद्यालयमा सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरू सम्राट ढुङ्गाना हार्वड विश्वविद्यालय, ओस्कार दियाली कर्नेल कलेज अमेरिका, विभूषी तिमिल्सिना र दीक्षा… पुरा पढौ

मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम

मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम
पोखरा, ४ असोज/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू बिच अन्तरक्रिया गरेको छ । कक्षा एघार र बाह्रमा अध्यापन गर्नुहुने शिक्षक र अभिभावकबिच बिहान र दिउँसो गरी दुई दिनसम्म छुट्टाछुट्टै चरणमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् शैक्षिक प्रशासक प्रेमनारायण पोख्रेलले सहजीकरण गरेका थिए । विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थी तथा बाबुनानीहरू असल र राम्रो बनुन भन्ने रहेको छ भन्दै सहजकर्ता पोख्र्रलले जीवन उपयोगी सिपका लागि पढाइबाहेक घरका कामहरू,… पुरा पढौ

मदरल्याण्डका सम्राट गण्डकी कै उत्कृट

सम्राट ढुङ्गाना
पोखरा, २२ भदौ/ कक्षा १२ को नतिजामा पोखराका सम्राट ढुंगानाले गण्डकी प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । पोखराको मदरल्याण्ड मावि, मासबारका छात्र सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकीमै उत्कृष्ट नतिजा ल्याएको विद्यालयको दाबी छ । उनले ३.८८ जिपिए ल्याएका हुन् । उनी कक्षा ४ देखि नै मदरल्याण्डमा पढेका थिए । पढाइमा मेधावी उनी छात्रवृत्रिमा अमेरिकामा अध्ययनका लागि जाँदैछन् । विद्यालयमा यस वर्षको परीक्षामा सहभागी ३ सय ३६ विद्यार्थीमध्ये १८ जनाले ३.६ देखि ४ जिपिए ल्याएको विद्यालयका प्राचार्य नारायण बरालले जनाए ।… पुरा पढौ