#फागु महोत्सव

१३ औं रुपा तालबेसी फागु महोत्सव हुने, रुपा तालको शिर हजुर गीत सार्वजनिक

१३ औं रुपा तालबेसी फागु महोत्सव हुने, रुपा तालको शिर हजुर गीत सार्वजनिक
पोखरा, १५ फागुन/ १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । रंगहरुको पर्व होलीको अवसरमा आफुहरुले वर्षेनी रुपा तालबेसी फागु महोत्सव आयोजना गर्दै आएको उनले बताए । गुरुङ समुदायको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको… पुरा पढौ