#प्रदीप पौडेल

‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुगेन’ स्वास्थ्य मन्त्री पौडेल

‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुगेन’ स्वास्थ्य मन्त्री पौडेल
पोखरा, १६ फागुन/ नेपालमा ३३ बर्ष पहिले एक हजार ११२ जना चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् । २०४८ सालको जनसंख्या १ करोड ८० लाख थियो । पछिल्लो जनगणना अनुसार जनसंख्या बढेर २ करोड ९१ लाख पुुग्यो ।पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ८ हजार ६२४ हो । तीनै मध्यका ६ हजार ३६८ जनाले विदेश जानका लागि असल… पुरा पढौ

अस्पताललाई शुल्क विवरण सार्वजनिक मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

प्रदीप पौडेल
काठमाडौं, ६ मंसिर/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए । मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा… पुरा पढौ

रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने

प्रदीप पौडेल
काठमाडौं, ७ कात्तिक/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउने छन् । स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै… पुरा पढौ

प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री

प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री
पोखरा, ३१ असार/ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । तनहुँ जिल्लामा जन्म थल भएका उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका विजयी भएका थिए । उनी २०३१ साल चैत १ गते तनहुँ शुक्ला ८ मा जन्मेका भए पनि हाल काठमाडौं जाल्पचोक बानियाँटार बस्दै आएका छन् । प्रदीपले २०७४ सालको निर्वाचनमा तनहुँ २ (क) बाट प्रदेश सभा निर्वाचन लडेका थिए । उनले त्यस बेला माओवादी उमेद्र सगँ ५ मतले हारेका थिए । पुरा पढौ

‘क्रस दी बोर्डर’मा प्रदीप पौडेल

‘क्रस दी बोर्डर’मा प्रदीप पौडेल
पोखरा – होटल स्नोल्यान्डले आयोजना गर्दै आएको संवादमूलक कार्यक्रम ‘क्रस दी बोर्डर’मा शुक्रबार प्रदीप पौडेल आउने भएका छन्। नेपाली काँग्रेसका चर्चित युवा नेता पौडेलले ‘क्रस दी बोर्डर’मा पोखरेलीसँग संवाद गर्ने भएका हुन्। शुक्रबार दिउँसो १ बजे होटल स्नोल्यान्डमा कार्यक्रम हुने सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए। “शुक्रबार नेपाली काँग्रेसका चर्चित युवा नेता प्रदीप पौडेल आउँदै हुनुहुन्छ। सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा छ,” उनले भने। अर्थ, उद्यम, समसामयिक विषयमा बौद्धिक मन्थन गर्ने हेतुले शुरू गरेको कार्यक्रममा विभिन्न विषयमा दिग्गज व्यक्ति ‘क्रस दी बोर्डर’मा… पुरा पढौ