प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री
पोखरा, ३१ असार/ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । तनहुँ जिल्लामा जन्म थल भएका उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका विजयी भएका थिए ।
उनी २०३१ साल चैत १ गते तनहुँ शुक्ला ८ मा जन्मेका भए पनि हाल काठमाडौं जाल्पचोक बानियाँटार बस्दै आएका छन् ।
प्रदीपले २०७४ सालको निर्वाचनमा तनहुँ २ (क) बाट प्रदेश सभा निर्वाचन लडेका थिए । उनले त्यस बेला माओवादी उमेद्र सगँ ५ मतले हारेका थिए ।