#प्रतिभा मावि

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा, २ मंसिर/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा आइतबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोज सहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोबिन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एकदिने प्रदर्शनी आयोजना गरिएको बताए । सापकोटाका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थी उक्त प्रदर्शनीमा सहभागि… पुरा पढौ

प्रतिभा माविमा ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु

प्रतिभा माविमा ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु
पोखरा, जेठ २४/ पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि गण्डकी प्रदेशस्तरीय ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि आयोजित फेयर तीन दिनसम्म चल्नेछ । विद्यालयका प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली लगायतले फेयरको उद्घाटन गरे । तीनदिने उक्त फेयरमा दुइहजार जना भन्दा बढी विद्यार्थी सहभागि हुने प्राचार्य सापकोटाले जानकारी दिए । फेयरमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी सहभागि छन । ती सबै सहभागीले यो पटक एसइइ परीक्षा दिएका छन् । विद्यार्थीले… पुरा पढौ

हरिवंश र प्रकाश सपुतलाई प्रतिभा माविको सम्मान

हरिवंश र प्रकाश सपुतलाई प्रतिभा माविको सम्मान
पोखरा, २ चैत /बरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन् । पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकार द्वय आचार्य र सपुत सम्मानित भएका हुन् । प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार–२०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार–२०८०’बाट सम्मान गरेको हो । उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद एक/एक लाख राशीसहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरे ।… पुरा पढौ

प्रतिभा माविमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

विभिन्न क्षेत्रमा उत्कृष्ट हासिल गरेका विद्यार्थीलाई पुरस्कार दिँदै ।
पोखरा, २४ फागुन/ यहाँस्थित प्रतिभा माविले विद्यालयमा भएका विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिका उत्कृष्ट विद्यार्थीलाई विहीबार पुरस्कृत गरेको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा भएका विभिन्न प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए । उनै प्रतिश्पर्धाका विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल तथा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, विद्यालयका प्राचार्य किरण सापकोटा सहित विद्यालय संचालक तथा शिक्षकहरुले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । विद्यालयले यो वर्ष विज्ञान… पुरा पढौ

चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा मावि

चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा मावि
पोखरा, ६ मंसिर/ प्रविधि, सिकाई र अनुभव आदानप्रदान गर्ने उद्देश्य सहित पोखराको अग्रणी शैक्षिक संस्था प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो । केहीदिन अघि मात्र जापानको एभरेस्ट इन्टरनेशनल स्कुलसँग सांस्कृतिक अनुभव, प्रविधि, सिकाई र सफलताका कथा आदानप्रदान गर्ने उद्देश्य सहित सम्झौता गरेको प्रतिभा माविले चिनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको हो । त्यसका लागि चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीलाई बुधबार विद्यालयमा स्वागत गर्दै… पुरा पढौ

प्रतिभा माविलाई ‘बेस्ट स्कुल अवार्ड’

प्रतिभा माविलाई ‘बेस्ट स्कुल अवार्ड’
पोखरा, २२ कात्तिक/ पोखराको प्रतिभा माविले बेस्ट स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ । कलेज रिडर्सले जापानको टोकियोमा हालै आयोजित एक कार्यक्रमबीच ‘नेपाल एजुकेशन अवार्ड’ अन्तर्गत प्रतिभा माविलाई ‘बेस्ट प्लस टु स्कुल अफ द इअर अवार्ड २०२३’ प्रदान गरेको हो । सो अवार्ड विद्यालयका प्राचार्य किरण सापकोटाले ग्रहण गरेका थिए । अवार्ड ग्रहण गर्दै उनले प्रतिभालाई उत्कृष्ट प्लस टु छनोट गरी अवार्ड प्रदान गरेकोमा आभार समेत व्यक्त गरें । मावि र उच्च मावि मध्येबाट उक्त अवार्डका लागि प्रतिभा छनोट… पुरा पढौ

प्रतिभा माविद्वारा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत

प्रतिभा माविद्वारा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत
पोखरा, २२ चैत/ पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी र खेल समूहलाई मंगलबार शिल्ड र प्रमाणपत्र प्रदान गरेको छ । पोखरा–४ पालिखेचोकस्थित विद्यालयमा आयोजित कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट टिम र खेलाडीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरेको हो । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार गत मंसिर अन्तिम साता विद्यालयमा तीनदिने खेल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीबीच आन्तरिक रुपमा अन्तरसदनात्मक टिम बनाएर प्रतिश्पर्धा गराइएको थियो ।… पुरा पढौ

प्रतिभा उच्च माविमा मनिपालको निःशुल्क दन्त शिविर

प्रतिभा उच्च माविमा मनिपालको निःशुल्क दन्त शिविर
पोखरा, ३० फागुन/ पोखराको पालिखे चोकमा रहेको प्रतिभा माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परिक्षण गरेका थिए । परिक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ । मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परिक्षण गर्ने आउने विरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका विरामीहरुमा… पुरा पढौ

प्रतिभा माविमा एकदिने शैक्षिक मेला

प्रतिभा माविमा एकदिने शैक्षिक मेला
पोखरा, १८ माघ/ पोखराको प्रतिभा माविमा एकदिने शैक्षिक मेला आयोजना गरिएको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेशन यूएसए मिनी फेयर’ आयोजना गरिएको हो । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविसँगको सहकार्यमा विगत पाँचवर्षदेखि वर्षेनी यस्तो शैक्षिक मेला आयोजना हुने गरेको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधि नेपाल आउने र उनीहरुले स्कुलसँगको सहकार्यमा यो मेला आयोजना गर्छन । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यो मेला आयोजना गरिएको सापकोटाले… पुरा पढौ

अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा प्रतिभा माविका अजरलाइ स्वर्ण

अजर गुरुङ
पोखरा, २७ पुस/ ‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा अध्ययनरत विद्यार्थी अजर गुरुङले स्वर्ण पदक हात पारेका छन् । गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण हात पारेका हुन् । प्रतिभा माविका निर्देशक किरण सापकोटाका अनुसार पदक विजेता गुरुङ कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थी हुन् । अन्तर्राष्ट्रिय विजनेस ओलम्पियाडमा गुरुङ सहित विभिन्न २० वटा मुलुकका विद्यार्थी सहभागि थिए । २० वटा मुलुकका ३४ समुहका १५६ जना विद्यार्थीबीच भएको… पुरा पढौ