#प्रतिभा मावि

प्रतिभा माविका विद्यार्थीलाई नेतृत्व विकास तालिम

प्रतिभा माविका विद्यार्थीलाई नेतृत्व विकास तालिम
पोखरा, २३ पुस/ विद्यार्थीमा नेतृत्व विकासको महत्व दिलाउन पोखराको पालिखेचोकस्थित प्रतिभा माविले शनिबार विद्यार्थीका लागि एकदिने नेतृत्व विकास प्रशिक्षण दिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी उक्त प्रशिक्षणमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार हरेक सेक्सनबाट २ जना छात्रा र २ जना छात्र गरि ४ जनाका दरले प्रशिक्षणमा सहभागि गराइएको थियो । सबैगरि ३४ वटा सेक्सनबाट छानिएका विद्यार्थी प्रशिक्षणमा सहभागि थिए । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका ती विद्यार्थीलाई सत्संग प्रतिष्ठान नेपालका संस्थापक… पुरा पढौ

प्रतिभा माविमा ‘फूड फेस्टिभल’

प्रतिभा माविमा ‘फूड फेस्टिभल’
पोखरा, १८ पुस/ पोखरामा यतिबेला धेरै महोत्सव चलिरहेका छन् । औद्योगिक ब्यापार मेलादेखि सुन्तला महोत्सव हूँदै सडक महोत्सव यहाँ मेलाको रुपमा चल्ने नियमित गतिविधि हुन । यिनै महोत्सवमा मिसिन आएको छ ‘प्रतिभा फूड फेस्टिभल’ । अरु सबै महोत्सव खुला रुपमा चलिरहँदा प्रतिभा फूड फेस्टिभल भने विद्यालय परिसरमा संचालन गरिएको छ । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विद्यार्थीको क्षमता प्रस्तुत गराउने उद्देश्य सहित पहिलो पटक ‘प्रतिभा फूड फेस्टिभल’ आयोजना गरेको हो । आइतबार एकदिनका लागि आयोजना गरिएको यो फेस्टिभलको हिमान कास्कीका अध्यक्ष… पुरा पढौ

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत
पोखरा, २२ मंसिर/ पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले विहीबार पुरस्कृत गरेको हो । विज्ञान संकायका विद्यार्थी सहभागी ‘विज्ञान प्रदर्शनी’ मा कक्षा १२ का आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । यस्तै, कक्षा ११ की… पुरा पढौ

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा, २५ कार्तिक/ प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती… पुरा पढौ