पोखरा, ९ बैशाख/ पृथ्वीराज मार्गको तनहुँ खण्डमा आइतबार यातायात बन्द हुने भएको छ । आइतबार तनहुँ १ मा उपनिर्वाचन हुने हुँदा बिहान ५ बजे देखी साँझ ६ बजे सम्म पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भाग सम्म राजमार्ग बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँले विज्ञप्ती जानकारी गरेको छ । डुम्रे बेसिसहर सडक खण्ड, आँबुखैरेनी गोरखा सडक खण्ड, दमौली दुईपिप्ले सडक खण्ड लगाएतका सम्पूर्ण स्थानीय सडकहरुमा अत्यआवश्यक सवारी साधन बाहेक पूर्णरुपमा बन्द रहेन प्रमुख जिल्ला अधिकारी…
पुरा पढौ