पोखरा, २८ भदौ/ यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ । मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बर्सेनि प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो । पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ । काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनी करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् । जनसम्मत डटकमका सम्पादक उनी एभरेष्ट मिडिया हाउसमा…
पुरा पढौ