#नवौं राष्ट्रिय खेलकुद

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीन सिग्देललाई

नवीन सिग्देल
पोखरा, ३१ असोज/ प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार(२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ ।पूणर् प्रसाद बराल तथा माया देवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो । युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए ।… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुदः आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो । यस्तै आयाजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक/एक स्वर्ण जितेको छ । टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश १… पुरा पढौ

अलबिदा निसिम, रुँदैनन मर्नेहरु, रुन्छन जलाउनेहरु ….

निसिम थापा मगर
पोखरा, ३१ असोज/ मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, “निसिम पदकका दाबेदार हुन ।” आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए । उनले त्यतिबेला रजत मात्र जितेनन, स्वर्णको लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौसलद्वारा त्यसलाई प्रमाणित पनि गरे । हावाको वेगसँग पाँैठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन । ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार… पुरा पढौ

एपीएफ पुरुष फुटबलको सेमीफाईनलमा

एपीएफ पुरुष फुटबलको सेमीफाईनलमा
पोखरा, ३१ असोज/सशस्त्र प्रहरी बलको एपीएफ क्लव पुरुष फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । वागमती भने अभागी टोलि बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा वागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु प¥यो । पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै वागमतीलाई शुरुवाती… पुरा पढौ

भारत्तोलनमा टीकामायालाई स्वर्ण

भारत्तोलनमा टीकामायालाई स्वर्ण
पोखरा, ३१ असोज/ नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८… पुरा पढौ

महिला क्रिकेटमा सशस्त्र प्रहरी फाईनलमा

महिला क्रिकेटमा सशस्त्र प्रहरी फाईनलमा
पोखरा, ३१ असोज/ सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६२ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पार्यो । ज्योति पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका हिर्काईन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले… पुरा पढौ

महिला भलिबलमा बागमती र सशस्त्र प्रहरी सेमिफाईनलमा

नवौ राष्ट्रिय खेलकुदः महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा सशस्त्र प्रहरी बल र बागमती प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा सशस्क्रले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो । बागमतीले सुदुर पश्चिमलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । बागमतीले सुदर पश्चिमलाई २५–१२, २५–१५ र २५–२३ को सेटमा पराजित गरेको थियो । पुरा पढौ

डिस्कस थ्रोमा आर्मी र लुम्बिनीलाई स्वर्ण

चित्रबहादुर वली
पोखरा, ३१ असोज/ एथलेटिक्स डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्ण पदक जितेका छन् । इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् । वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण जितेका छन् । पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काँस्य पदक जिते । खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो गरे । महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् ।… पुरा पढौ

टेवल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण

टेवल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण
पोखरा, ३१ असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेवल टेनिस प्रतियोगिताका पाँचवटा ईभेन्ट सम्पन्न भएकोमा ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्स तर्फको स्वर्ण शसस्त्र प्रहरीले पाउन सफल भएको छ । सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा ईभेन्टसको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीले जितेको हो । सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३­ –१, ११ –८,… पुरा पढौ

निसिमको अन्तेष्टि, प्रदेश खेलकुद गण्डकीद्वारा दुःख व्यक्त

निसिम थापा मगर
पोखरा, ३१ असोज/ प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दुःख व्यक्त गरेको छ । नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो । प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ र कावा सदस्य सचिव घनश्याम पौडेलले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध भएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ–“नेपाली सेनाको टिमबाट सहभागि गोरखा पालुङटार निवासी खेलाडी निसिम थापा मगरको अकल्पनिय असमायिक उक्त घटनाबाट हामी ज्यादै दुःखी छौं ।” निधन… पुरा पढौ