#नवीन सिग्देल

कास्की काँग्रेसको प्रवक्तामा सिग्देल

नवीन सिग्देल
पोखरा, १३ मंसिर/ नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित हुनुभएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहनुभएका सिग्देललाई प्रवक्तामा मनोनित गर्नुभएको हो । नेपाली काग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ । प्रवक्तामा सिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त… पुरा पढौ

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीन सिग्देललाई

नवीन सिग्देल
पोखरा, ३१ असोज/ प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार(२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ ।पूणर् प्रसाद बराल तथा माया देवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो । युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए ।… पुरा पढौ

कास्की क्षेत्र नं १(ख)मा सिग्देलको उम्मेद्वारी

नवीन सिग्देल
पोखरा, १३ भदौं / नेपाली काँग्रेस कास्कीका युवा नेता नवीन सिग्देलले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका छन् । कास्की क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यमा उनले उम्मेद्वारी घोषणा गरेका हुन् । उनले नेपाली काँग्रेस प्रदेश कार्यसमिति समक्ष सोमबार उम्मेद्वारी दर्ता गरेका हुन् । सिग्देल हाल नेपाली काँग्रेस कास्कीको सहसचिव हुन् । ‘जनताले चिनेको र भुगोलले बुझेको व्यक्ति म नै हुँ, उहाँले भन्नुभयो, पार्टीमा निरन्तरता, प्रतिवद्वता, क्रियाशीलता र लोकप्रियताको मुल्यांकन गरी पार्टीले न्याय गर्ने विश्वास छ… पुरा पढौ