#तनहुँ

सिद्धिकाली मन्दिरको उद्घाटन र मूर्ति प्राणप्रतिष्ठा

सिद्धिकाली मन्दिरको उद्घाटन र मूर्ति प्राणप्रतिष्ठा
पोखरा, २१ वैशाख / तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ मा पर्ने ज्यामिरबोट सुन्दरीगाउँमा अवस्थित सिद्धिकाली मन्दिर उद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएको छ । आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समितिद्वारा आयोजित एक कार्यक्रमका बीच आज प्रदेशसभा सदस्य श्यामराजा महतले मन्दिरको उद्घाटन गर्नुभएको थियो । साथै विधिपूर्वक पुजापाठ गरि मूर्ति प्राणप्रतिष्ठा गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य महतले यस क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिद्धिकाली मन्दिरको विकासका लागि समितिले भक्तजन र… पुरा पढौ

तनहुँ १ मा २५ प्रतिशत मतदान

तनहुँ १ मा २५ प्रतिशत मतदान
पोखरा, १० वैशाख/ तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म २५ प्रतिशत मत खसिसकेको अनुमान छ । तनहुँ क्षेत्र १ का ६९ मतदानस्थलका १ सय ५२ मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । वैशाखको धूपमा दिउँसो गर्मी हुने भएकोले मतदाता सकेसम्म बिहानै मतदानस्थलमा पुग्ने कोशिस गरिरहेका उनको भनाई छ । तनहुँ १ मध्ये ३ वटा मतदानस्थल अतिसंवेदनशील र २४ वटा संवेदनशील… पुरा पढौ

पृथ्वीराज मार्गको तनहुँ खण्ड आइतबार यातायात बन्द रहने

पृथ्वीराज मार्गको तनहुँ खण्डमा आइतबार बन्द रहने
पोखरा, ९ बैशाख/ पृथ्वीराज मार्गको तनहुँ खण्डमा आइतबार यातायात बन्द हुने भएको छ । आइतबार तनहुँ १ मा उपनिर्वाचन हुने हुँदा बिहान ५ बजे देखी साँझ ६ बजे सम्म पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भाग सम्म राजमार्ग बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँले विज्ञप्ती जानकारी गरेको छ । डुम्रे बेसिसहर सडक खण्ड, आँबुखैरेनी गोरखा सडक खण्ड, दमौली दुईपिप्ले सडक खण्ड लगाएतका सम्पूर्ण स्थानीय सडकहरुमा अत्यआवश्यक सवारी साधन बाहेक पूर्णरुपमा बन्द रहेन प्रमुख जिल्ला अधिकारी… पुरा पढौ