उजिर कार्कीकाठमाडौं, ३ साउन /सोमबार नेपाल प्रहरीका ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । ३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्यो । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भएर इतिहास बनाए । सिफारिस भएकामध्ये ३४ जना जनपदतर्फ र ३ जना प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप समूह, आवास तथा भौतिक इन्जिनियरिङ तर्फका हुन् । बढुवा सिफारिस सूचीको ३१ औँ नम्बरमा राजेन्द्र अधिकारी छन् ।…
पुरा पढौ