#टिकटक

टिकटकको प्रतिबन्ध हटाउने मन्त्रिपरिषदको निर्णय

टिकटक
पोखरा, ६ भदौ/ सरकारले टिकटकलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक माथिको प्रतिबन्ध हटाएको एक मन्त्रीले बताए । सञ्चार मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो । गत वर्ष कात्तिक देखि सरकारले टिकटकलाई प्रतिबन्ध लगाएको थियो । पुरा पढौ

टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्चमा रिट

टिकटक
काठमाडौं, १ मंसिर/ टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहितले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका हुन् । टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । पुरा पढौ

टिकटक बन्द पछि त्यसमा अपलोड भएका सामग्री के हुन्छन् ?

टिकटक
एजेन्सी/ नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर बन्द भएको छ । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने अन्यौलता छ । सञ्चार मन्त्रालयले टिकटकमाथि कसरी रोक लगाएको छ भनेर स्पष्ट जानकारी दिइसकेको छैन । टिकटकमाथि कुनै देशले प्रतिबन्ध लगाउँदा सामान्यतः देशभित्र प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्नुका साथै स्ट्रिमिङ वा डाउनलोडको लागि टिकटक उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा देशभित्र अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिरया गर्न सक्दैनन् । भारतीयले टिकटक रोक लगाउदा प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री… पुरा पढौ

२४ घण्टामा टिकटक बन्द गराउन दूरसञ्चार प्राधिकरणको पत्र, कुन देशमा टिकटक बन्द छ ?

टिकटक
पोखरा, २७ कात्तिक/ सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई पत्रपठाएको छ । सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई सोमबार नै पत्राचार गरेको मन्त्रालयले जनाएको हो ।प्राधिकरणलाई जतिसक्दो चाँडै टिकटक बन्द गर्न निर्देशन दिइएको छ । प्राधिकरणले मन्त्रालयले गरेको पत्राचार अनुसार नै टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले बताए । उनका अनुसार प्राधिकरणले टिकटकलाई पनि इमेल गरिसकेकाले सम्भवत २४ घण्टामा टिकटक बन्द हुने बताए ।… पुरा पढौ