२४ घण्टामा टिकटक बन्द गराउन दूरसञ्चार प्राधिकरणको पत्र, कुन देशमा टिकटक बन्द छ ?

-


     क्लिक गण्डकी     
     कार्तिक २७ गते २०८० मा प्रकाशित


टिकटक

टिकटक

पोखरा, २७ कात्तिक/ सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई पत्रपठाएको छ ।

सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई सोमबार नै पत्राचार गरेको मन्त्रालयले जनाएको हो ।
प्राधिकरणलाई जतिसक्दो चाँडै टिकटक बन्द गर्न निर्देशन दिइएको छ ।

प्राधिकरणले मन्त्रालयले गरेको पत्राचार अनुसार नै टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले बताए ।

उनका अनुसार प्राधिकरणले टिकटकलाई पनि इमेल गरिसकेकाले सम्भवत २४ घण्टामा टिकटक बन्द हुने बताए । सोमबार बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक बन्न गर्ने निर्णय गरेको थियो ।

कुन देशमा टिकटक बन्द छ ?

इन्डोनेसिया – धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै सन् २०१८
पाकिस्तान – जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउँदै सन् २०२०
भारत – गोपनियता, सुरक्षा जोखिम र टिकटकको जोखिम देखाउँदै टिकटक लगायत चीनियाँ एप प्रयोगमा प्रतिबन्ध सन् २०२०

अर्मेनिया – विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२०
अजरवैजान – नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२०
बंगलादेश – पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१

अफगानस्तान – युवामा नकरात्मकता विकास र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित सन् २०२२ मा टिकटक र पव्जी
अमेरिका – सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२
ताइवान – राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२२

जोर्डन – प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायी रूपमा प्रतिबन्ध सन् २०२२
न्यूजिल्यान्ड – सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिबन्ध सन् २०२३
क्यानडा – गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२३
बेलायत – सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२३

बेल्जियम – गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै सन् २०२३
डेनमार्क – साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध सन् २०२३
सोमालिया – गलत अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्टबाहेक अन्य प्रतिबन्ध सन् २०२३

ईरान – धार्मिक कारण देखाउँदै सन् २०२३
अष्ट्रिया – सुरक्षा जोखिम देखाउँदै सन् २०२३
ईस्टोनिया – राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२३

फ्रान्स – डाटा सुरक्षाको जोखिम देखाउदै टिकटक, ट्विटर, इन्स्टाग्राम, नेटफ्लिक्स, क्यान्डीक्रस लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३
आयरल्यान्ड – साईवर सुरक्षा जोखिम देखाउँदै सन् २०२३

लाटभिया – सुरक्षा जोखिम देखाउँदै सन् २०२३

माल्टा – साईवर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीमा प्रयोग पूर्ण प्रतिबन्ध सन् २०२३

नेदरल्यान्ड – डाटा सुरक्षा जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२

नर्वे – राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रधानमन्त्री, मन्त्री, सचिव, राजनितिक सल्लाहकारले प्रयोगमा प्रतिबन्ध सन् २०२३

अष्ट्रेलिया – सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री, सल्लाहकारले सरकारी डिभाईस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध सन् २०२३



Tags: