टिकटक बन्द पछि त्यसमा अपलोड भएका सामग्री के हुन्छन् ?

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८० मा प्रकाशित


टिकटक

टिकटक

एजेन्सी/ नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर बन्द भएको छ । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने अन्यौलता छ । सञ्चार मन्त्रालयले टिकटकमाथि कसरी रोक लगाएको छ भनेर स्पष्ट जानकारी दिइसकेको छैन ।

टिकटकमाथि कुनै देशले प्रतिबन्ध लगाउँदा सामान्यतः देशभित्र प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्नुका साथै स्ट्रिमिङ वा डाउनलोडको लागि टिकटक उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा देशभित्र अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिरया गर्न सक्दैनन् ।

भारतीयले टिकटक रोक लगाउदा प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री एपको सर्भरबाट हटाइएको थियो । यसमा भिडिओहरू, कमेन्टहरू, डाइरेक्ट म्यासेज लगायत समावेश थिए । टिकटकले भारतीय अकाउन्टहरूसँग सम्बन्धित सबै प्रयोगकर्ताको डेटा पनि हटाएको थियो ।

यसको मतलब भारतीय टिकटक प्रयोगकर्ताहरूले आफ्ना सबै सामग्री र डेटामा पहुँच गुमाए । यद्यपि, केही प्रयोगकर्ताहरूले प्रतिबन्ध लागू हुनुअघि आफ्नो सामग्री डाउनलोड गर्न भ्याएका थिए । अरुले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) वा अन्य विकल्पमार्फत आफ्नो अकाउन्ट र सामग्रीमाथि पहुँच गरे ।

यसकारण नेपालमा टिकटकमाथि पूर्ण प्रतिबन्ध लाग्दा यस प्लेटफर्मले आफ्नो सर्भरमा रहेका सामग्रीहरु देखीएका छैनन् । सबै भिडियो हटाएको छैन अन्य देशमा जादाँ वा भिपिएन प्रयोग गरेर चलाउन सकिन्छ ।



Tags: