पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुदमा आर्मी क्लबकी जयरानी थारुले व्यक्तिगत दोश्रो स्वर्ण जितेका छिन् । उनले १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमान सहित स्वर्ण जितेकी थिईन् । आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् । एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डमा दुरी…
पुरा पढौ