पोखरा, ३१ असार/ पोखरा महानगरका प्रमुख धनराज आचार्यले स्वास्थ्य क्षेत्रमा पोखरालाई उदाहरणीय बनाउनेगरि काम गर्ने बताएका छन् । त्यसका लागि महानगर, समाजिक संघसंस्था र केन्द्रदेखि प्रदेश सरकारसम्मको समन्वय आवश्यक रहेको उनले बताए । बिहीबार एक कार्यक्रमका बीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्याव मेशिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख आचार्यले पोखरा सबैहिसावले सम्भावनायुक्त रहेकाले उत्कृष्ट बनाउन स्वास्थ्य क्षेत्रमा व्यवापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकार अन्तर्गत रहेको भएपनि कार्यक्षेत्र…
पुरा पढौ