पोखरा, ११ फागुन/ सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २ अन्डर ६७ सहित शीर्षस्थानमा रहेका छन्। पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे। सञ्जय र प्रज्वल १ ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन्। दल बहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २(ओभर ७१ सहित चौथो स्थान बाँडे। १३औं दक्षिण…
पुरा पढौ