पोखरा, २२ भदौ/ कक्षा १२ को नतिजामा पोखराका सम्राट ढुंगानाले गण्डकी प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । पोखराको मदरल्याण्ड मावि, मासबारका छात्र सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकीमै उत्कृष्ट नतिजा ल्याएको विद्यालयको दाबी छ । उनले ३.८८ जिपिए ल्याएका हुन् । उनी कक्षा ४ देखि नै मदरल्याण्डमा पढेका थिए । पढाइमा मेधावी उनी छात्रवृत्रिमा अमेरिकामा अध्ययनका लागि जाँदैछन् । विद्यालयमा यस वर्षको परीक्षामा सहभागी ३ सय ३६ विद्यार्थीमध्ये १८ जनाले ३.६ देखि ४ जिपिए ल्याएको विद्यालयका प्राचार्य नारायण बरालले जनाए ।…
पुरा पढौ