#रेवान कप टेनिस

रेवान कपको उपाधी नविनलाई, डबल्सतर्फ अनुज र नविन विजयी

रेवान कपको उपाधी नविनलाई, डबल्सतर्फ अनुज र नविन विजयी
पोखरा, ५ चैत/ नविन श्रेष्ठले तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नविनले पहिलोपटक यो उपाधि आफ्नो नाम गराएका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पहिलो सेटमा ४–२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४–६ ले खेल आफ्नो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाए । नविनले दोस्रो… पुरा पढौ

रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने

रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
पोखरा, ४ चैत/ राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा नविनले अनुज कुमार बाँस्तोलालाई ६–४, ६–४ ले पराजित गर्दै उपाधीका लागि राजनसंगको भेट पक्का गरे । डबल्सतर्फ उपाधीका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले अनुज… पुरा पढौ

पोखरामा तेश्रो रेवान कप टेनिस शुरु

पोखरामा तेश्रो रेवान कप टेनिस शुरु
पोखरा, १ चैत/ कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेश्रो रेवान कप टेनिस प्रतियोगिता शुरु भएको छ । रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेण्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । प्रतिस्प्रधात्मक खेलमा पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोश्रो र तेश्रो सेट आफ्नों पक्षमा परेका हुन् । अर्को खेलमा आयोजक संघका उपाध्यक्ष समेत रहेका… पुरा पढौ