#मानबहादुर जिसी

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ
पोखरा, ३१ साउन/ पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएको छ । सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो । जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या रहेनछु, डा थापाले भन्नुभयो । पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहीअनुसार उपचार भइरहेको डा। थापाले… पुरा पढौ

जग्गा भाडामा लगाउँदा त्रुटी भए सम्झौता खारेज गर्ने अधिकार समितिलाई छः निवर्तमान मेयर जिसी

मानबहादुर जिसी
पोखरा, २२ असार/ पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक विज्ञप्ति निकालेर उनले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताएका हुन् । उनले कुनै पनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह समेत विज्ञप्ति मार्फत् गरेका… पुरा पढौ

पोखराको सार्वजनिक जग्गा भाडामा दिने सम्झौता रद्ध गर्न माओवादीको माग

पोखरा उपत्यका नगर विकास समिति
पोखरा, २१ असार/ नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले सरकारी जग्गा निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको छानबिन गरी कानुनी कारवाही गर्न माग गरेको छ । व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ । सबै राजनीतिक दल चुनाब केन्द्रीत गतिविधिमा रहेका बेला… पुरा पढौ

पुलको उद्घाटन नभई हेर्न गएको हो पोखरा महानगरका मेयर- जिसी

मानबहादुर जिसी
पोखरा, २७ बैशाख/ पोखरा महानगरका मेयर मानबहादुर जिसीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै परेको उजुरीबारे जिसीले स्पष्टीकरण दिएका छन् । मेयर जिसीले मंगलबार पोखरा वडा ४ र ५ जोड्ने फिर्के पुल उद्घाटन गरेकोमा निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले मेयर जिसीलाई मंगलबार नै स्पष्टीकरण सोधेकोमा उनले पुल उद्घाटनमा सहभागी नभइ मध्यभागमा उपस्थिति मात्रै भएको लिखित स्पष्टीकरण निर्वाचन कार्यलयमा पेस गरेका छन् । स्पष्टीकरणमा भनिएको छ, ‘वडा नम्बर ४ र ५ जोड्ने फिर्के खोलाको पुल निर्माणको अवस्था, अवलोकनको सिलसिलामा म… पुरा पढौ