पोखरा, १९ पुस/ आहा रारा पोखरा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै बिवाईएससी मिनेसोटा अमेरिका सेमिफाइलनमा प्रबेश गरेको छ । ६ पटकको आहा राराको विजेता मनाङ मस्र्याङ्दीलाई बिवाईएससी मिनेसोटा अमेरिकाले १–० गोलमा पराजित ग¥यो । आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ बाहिरीयो । पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने…
पुरा पढौ