#फेवा नव बर्ष महोत्सव

पोखरामा चैत अन्तिम साता फेवा नव बर्ष महोत्सव

पोखरामा चैत अन्तिम साता फेवा नव बर्ष महोत्सव
पोखरा, २१ फागुन/ होटल संघ पोखरा नेपालले १८ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव सहायक हुने विश्वास गरिएको संयोजक सुवेदीले बताए । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य… पुरा पढौ

पोखरामा फेवा नव बर्ष महोत्सव शुरु, पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेटमा राख्छौं ₋ मन्त्री आले

पोखरा, ३० चैत/ पोखराको लेकसाइडमा बुधबार देखी १७ औं फेवा नव बर्ष महोत्सव शुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना भएको महोत्सवको पर्यटन तथा संस्कृती मन्त्री प्रेम आलले उद्घाउन गरे । महोत्वको उद्घान गर्दै मन्त्री आलेले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने बताए । उनले नीति तथा कार्यक्रममा राखेर मन्त्रीपरिषद्बाट पास गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । मन्त्री आलेले पोखराका विमानस्थल संचालनका लागि आफुहरु लागि रहेको बताउदै पाँच महिना… पुरा पढौ

बुधबारदेखी पोखरामा फेवा नव बर्ष महोत्सव

बुधबारदेखी पोखरामा फेवा नव बर्ष महोत्सव
पोखरा, २९ चैत/ बुधबारबाट पोखराको लेकसाइडमा आयोजना हुने १७ औं फेवा नव बर्ष महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक होटल संघ पोखरा नेपालले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा सहभागी भई नयाँ बर्षलाई स्वागत गर्न अव्हान गरेको छ । दुई दिने महोत्सव वैशाख १ गते सम्म चल्ने छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव संचालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक… पुरा पढौ

पोखरामा नयाँ वर्ष स्वागतका लागि फेवा नव बर्ष महोत्सव

पोखरा, २२ चैत/ कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्धेश्य सहित पोखरामा नयाँ वर्षमा फेवा नव वर्ष महोत्सव हुने भएको छ । चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर क्षेत्रमा सडकमा महोत्सव संचालन हुने छ । होटल संघ पोखराको आयोजनामा १७ औं संस्करणको फेवा नव बर्ष महोत्सवको हुने लागेको मंगलबार आयोजीत पत्रकार सम्मेलनमा आयोजक होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर… पुरा पढौ